नयाँ संसद् भवन तयारी अवस्थामा छ ः गृहमन्त्री अर्याल - Pyuthan Online
वैशाख १ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नयाँ संसद् भवन तयारी अवस्थामा छ ः गृहमन्त्री अर्याल

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् ।

निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । साथै, कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको उनले बताए ।

‘यसको निर्माण पक्षबाट अब सबै तयारी छ, अहिले । यसमा प्रतिनिधि सभाको अलग्गैको लागि पनि छ र प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटैको संयुक्त गर्नुपर्‍यो त्यस्तो अवस्था आइहाले त्यसको लागि पनि सबै तयारी छ अहिलेलाई भनेर भन्नुभएको छ । पछाडि पट्टि कार्यव्यवस्था समितिको बैठक बस्नलाई र सभामुखज्युलाई पनि ठाउँ बनिसकेको देखिएको छ,’ उनले भने । शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उनको भनाइ छ । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उनले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गरे ।अस्थायी व्यवस्थापन भएपनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उनले बताए ।