तुलसीपुर, ९ चैत । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गर्जेखोला नजिकै आज बिहान साढे ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने अर्का मोटरसाइकल चालक घोराही–११ निवासी विनोद बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहमिा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिकलगाएतका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आउनुभएको थियो । आज पनी बिहानै पत्रिका लिएर आउने क्रममा उहाँ दुर्घटनामा परेको बताइएको छ ।।