सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्पलन गई लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

सम्वन्धित समाचारहरु