४ पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै
काठमाण्डौ – फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन् । समूह ‘ई’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो । जर्मनीले अहिलेसम्म सन् १९५४, १९७४, १९९० र २०१४ मा गरी ४ पटक उपाधि जितेको छ । विश्वकपमा जर्मनीको यो २१औँ