भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो - Pyuthan Online
कार्तिक ६ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १२ गते २०८३

काठमाडौ। भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा १८८ पुगेको छ भने १५ सयभन्दा धेरै मानिस घाइते भएका छन् । अस्ति बेलुकी गएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले राजधानी काराकाससहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पु¥याएको हो ।

राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म १०० भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन् । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन् ।स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन् । काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भयो बताएका बीबीसीले जनाएको छ । घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन् । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ ।

सम्वन्धित समाचारहरु