प्युठानमा एक पुरुषद्वारा पूर्व श्रीमतीको हत्या - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्युठानमा एक पुरुषद्वारा पूर्व श्रीमतीको हत्या

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

प्युठान। प्युठानमा आफन्तको घरमा बस्न गएकी एक महिलाको आफ्नै पूर्व श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका छन्।सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मनी बरालको हत्या उनका पूर्व पति लिलबहादुर बरालले गरेका हुन्। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेश बस्यालले जानकारी दिनुभयो।

घटना आज बिहान १० बजेर १० मिनेटतिर भएको हो। रुक्मनी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार, लिलबहादुरले रुक्मनीलाई फोन गरेर भेट्न बोलाएका थिए। उनीहरू घरभित्र पुगेपछि लिलबहादुरले चक्कु प्रहार गरी हत्या गरेका हुन्।
“मैले कराएँ, ‘नहानू१’ भनें तर उनले सुनेनन्,” डिलाले भनिन्, “आँखा अगाडि छुरा प्रहार गरेर मारे। हारगुहार गर्‍यौं, केही उपाय लागेन।”

इराकमा श्रमिकको रुपमा कार्यरत लिलबहादुर केही दिनअघि — असार २४ गते — मात्र घर फर्किएका थिए। रुक्मनीले भने गत वैशाखमा दिपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दिपक १५ दिनअघि कामको सिलसिलामा संखुवासभा गएकाले घटनाका बेला उनी घरमा थिएनन्।
रुक्मनी र लिलबहादुरबाट एक छोरा र एक छोरी छन्। आमाको हत्या र बुबाको गिरफ्तारीसँगै ती बालबालिका अभिभावकविहीन बनेका छन्।

घटनापछि बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लिलबहादुरलाई नियन्त्रणमा लिएको थियो।“घटनास्थल सुरक्षित गरिएको छ। अभियुक्त प्रहरी नियन्त्रणमा छन्,” डीएसपी बस्यालले भन्नुभयो, “प्रारम्भिक अनुसन्धान अनुसार, यो हत्या पूर्व वैवाहिक रिसइबीको कारण भएको देखिन्छ।” हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचारहरु