आज तराईमा तुँवालो स् उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आज तराईमा तुँवालो स् उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २७ गते २०८२

काठमाण्डौ – आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ ।

वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । महाशाखाकाका अनुसार आज दिउँसो तराई भागका केही ठाउँमा कुहिरो लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । आज बिहान पौने ६ बजे काठमाण्डौमा न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन भएको छ ।

सम्वन्धित समाचारहरु