नयाँ बर्षले गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ स् राष्ट्रपति पौडेल - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नयाँ बर्षले गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिन्छ स् राष्ट्रपति पौडेल

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै देशको इतिहास, सभ्यता र परम्परालाई झल्काउने उल्लेख गर्दै गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले नयाँ वर्षलाई विगतको समीक्षा गर्दै आगामी दिनका लागि लक्ष्य निर्धारण र संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले यस दिनलाई राष्ट्रिय लक्ष्य तय गरी त्यसको प्राप्तिका लागि प्रतिबद्ध हुने महत्वपूर्ण समयका रूपमा व्याख्या गरेका छन् ।
सन्देशमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले देशको राजनीतिक अवस्था स्पष्ट बनाएको उल्लेख गर्दै जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत सुशासन, शान्ति, सामाजिक न्याय र समृद्धिको अपेक्षा व्यक्त गरेको बताएका छन् । उनले ती अपेक्षालाई पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

लोकतन्त्रप्रति निष्ठा, सुशासनमा प्रतिबद्धता, सामाजिक न्याय र समावेशीताको अभ्यास, राष्ट्रिय स्वाधीनताको रक्षा तथा नागरिकको हितलाई पहिलो प्राथमिकतामा राख्ने पाँच मुख्य संकल्प गर्न उनले आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले यी संकल्पलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सके मुलुकले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षले आपसी विश्वास, सहिष्णुता र एकतालाई थप बलियो बनाउँदै देशलाई अघि बढाउन प्रेरणा दिने उनको कामना छ ।

सम्वन्धित समाचारहरु