बैशाख ७ गते, प्युठान। युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने भएको छ । आईतबार बसेको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्यूठानको जिल्ला कमिटी बैठकले ११ औं जिल्ला अधिवेशन यही बैशाख २५ गते बिजुवारमा हुने जानकारी दिएको छ ।
अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको उपाध्यक्ष महेश पाण्डेले बताए । प्रत्येक वडाबाट एक महिला सहित तीन जना प्रतिनिधि रहने व्यवस्था गरिएको पाण्डेले बताए ।
त्यस्तै पालिका कमिटीका पदाधिकारीहरू भने अधिवेशनका पर्यवेक्षक हुनेछन्।