बाग्दुला मच्छी सडक ५ घण्टा पछि खुल्यो - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

बाग्दुला मच्छी सडक ५ घण्टा पछि खुल्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३ गते २०८२

बैशाख ३ गते । प्यूठानको बाग्दुला मच्छी सडकको बतासेडाँडा (मच्छि खन्डको घुम्नेठाटीमा अबरुद्ध सडक ५ घण्टापछि खुलेको छ । बुधबार बिहानैदेखि परेको वर्षाको कारण निर्माणाधीन सडक चिप्लो भएर यात्रुबाहक बस चिप्लिएर निस्कन नसकेपछि अवरुद्ध भएको थियो । उक्त बसलाई एक्साभेटरको सहायताले तानेर निकालेपछि १२ः ३० बजे खुलेको हो ।

सडक अवरुद्ध हुँदा आउजाउ गर्ने सयौं यात्रुलाई सास्ती हुनुका साथै साना ठुला सयौं यातायातका साधन रोकिएका थिए ।प्यूठानको अति व्यस्त तथा महत्त्वपूर्ण सडकको रुपमा हेरिएको बाग्दुला(मच्छी(गौमुखी सडक अन्तर्गत जिल्लाको झिमरुक गाउँपालिका(६ स्थित बतासेडाँडा(मच्छि सडक खण्डमा सडकलाई चौडा बनाउन भित्ता काट्ने काम सुरु भैरहेको छ ।

यस सडकलाई झिमरुक गाउँपालिकाको ३ करोड, र पालिकाकै १ करोड संघिय समपुरक अनुदान १ करोड गरि जम्मा ५ करोड बजेट बिनियोजन गरिएको इन्जिनियर अशोक जिसीले जानकारी दिए । आर्थिक वर्षको असार मसान्तसम्म काम सक्ने गरि कार्की(अमृत, जेभी, रम्भा(५ पाल्पाले ३ करोड ५ लाख ९० हजार ४ सय ८९ रुपैया ५५ पैशा पिएस र भ्याट सहितमा यहीँ माघ ८ गते झिमरुक गाउँपालिकासँग सम्झौता गरि काम शुरु गरेको छ ।