रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

रौतहट : रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आलु–खुर्सानीसँगै लुकाइएका ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ गरेको हो। पक्राउ पर्नेमा पचरुखी निवासी राजकुमार सुढी रहेका छन्। 

सशस्त्र प्रहरीका अनुसार भारतसँग जोडिएको राजदेवी नगरपालिका नाकाबाट ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका  सुढी शनिबार अपराह्न पक्राउ परेका हुन् ।

साइकलमा नेपाल आउँदै गरेका सुढीको चेकजाँच गर्ने क्रममा नाइलनको झोलाभित्र आलु–खुर्सानीसँगै लुकाइएका भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

सम्वन्धित समाचारहरु