आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ७ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ ।

पञ्जाब सात खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान सात खेलमा आठ अङ्कसहित बेङ्गलुरु पाचौँ स्थानमा छ ।

त्यस्तै आजको अर्को खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । विशाखापटनममा हुने यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । मुम्बई सात खेलमा छ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

समान खेलमा चार अङ्कसहित चेन्नई तालिकाको पुछारमा छ । हिजो भएका खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई सात विकेट र लखनउ सुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हरायो । 

सम्वन्धित समाचारहरु