नेप्से सामान्य बढ्यो - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

नेप्से सामान्य बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, प्योर इनर्जी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम घटेको छ । हिजो ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।