जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

जेठ १३ गते , बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाल टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भएका नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुर्घटनामा घाइते भएका दुई जनाको आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।