पीएसएलमा बल ‘ट्याम्परिङ’ ः फखर जमानलाई एक वा दुई खेल प्रतिबन्ध लाग्न सक्ने - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पीएसएलमा बल ‘ट्याम्परिङ’ ः फखर जमानलाई एक वा दुई खेल प्रतिबन्ध लाग्न सक्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८२

काठमाण्डौ – पाकिस्तानका ब्याटर फखर जमानमाथि बल ‘ट्याम्परिङ’ अर्थात् बलको स्वरूप बिगारेको आरोप लागेको छ ।

पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सका ब्याटर जमानलाई हिजो कराँची किङ्ग्ससँगको खेलमा बल ट्याम्परिङको आरोप लागेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विज्ञप्तिमार्फत जनाएको छ ।

कराँचीले लाहोरले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेलको अन्तिम ओभर शुरू हुनुअघि जमानले बलको स्वरूप परिवर्तन गर्न खोजेको भन्दै अम्पायरहरूले लाहोरलाई ५ रन पेनाल्टी दिएका थिए ।

अन्तिम ओभरमा कराँचीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा ५ रन घटेपछि ६ बलमा ९ रन बनाउनुपर्ने थियो । त्यसपछि कराँचीले ३ बलमै जीत हासिल गरेको थियो ।

क्रिकेटको नियमअनुसार खेलाडीले बल चम्काउन पाए पनि अन्य कुनै माध्यमले बलको अवस्था बिगार्न पाउँदैनन् । यस घटनामा फखर जमानमाथि १ वा २ खेलको प्रतिबन्ध लाग्न सक्छ ।

म्याच रेफ्री रोशन महानामाले आउँदो दुई दिनमा यस विषयमा निर्णय गर्ने पीसीबीको विज्ञप्तिमा उल्लेख छ ।

सम्वन्धित समाचारहरु