गणतन्त्र दिवसमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

गणतन्त्र दिवसमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई

सन्तोष सुनार
सन्तोष सुनार
जेठ १५ गते २०८२

जेठ १५ गते ,प्यूठान।गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा प्युठानअस्पताल परिषद सरसफाई गरेको छ । विहिवार नेपाली जनताको वीरतापूर्ण संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुदाको अवसरमा अखिल क्रान्तिकारी जिल्ला समिति प्यूठानको आयोजनामा प्युठान जिल्ला अस्पताल परिषद सरसफाई गरिएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा अस्पताल परिषदको वरिपरी रहेको झाडी , फोहोर बस्तुहरु संकलन , लगाएतका कामहरु गरिएको अध्यक्ष घर्तिले बताउनुभयो । सरसफाई गर्नु कुनै दिवसको अवसरमा मात्र होइन अस्पतालको संरक्षण र सहजताका लागी हाम्रो दाहित्वय भएको बताउदै अन्य संगठन तथा संस्थाहरुको मार्गको थालनी होस भनी सरसफाई गरिएको अध्यक्ष घर्तिको भनाई रहेको छ ।

सर सफाई कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार कक्षपति ,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा, प्युठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बस्याल (रोयल) , संगठनका केन्द्रीय सचिवालय सदस्य तारा बहादुर घर्ती मगर , प्रोफेसर डाक्टर ओम हरि भट्टराई तथा संगठनका जिल्ला पदाधिकारी सदस्यहरूको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचारहरु