प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्युठान जिल्लामा रक्तदान गरिएको छ । आईतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौँ दिवसको अवसरमा जिल्ला शाखा प्यूठानको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्व्य र आशिका निर्माण सेवा विजुवारको सहयोगमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कमल विकले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, पत्रकार महासंघका प्रतिनिधि, विभिन्न पेशागत सञ्चार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको अध्यक्ष वि.क.ले बताउनुभयो ।
दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।