मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

मलेखु- मुग्लिङ्ग सडक आजदेखि रातिमा बन्द हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३० गते २०८२

काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी वाहेक अन्य सवार आवागमन रोकिने जानकारी दिएको छ । 

सो समयमा मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने भारी सवारी साधनहरु मुग्लिङ्गमा र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ । त्यस्तै मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने भारी सवारी साधनहरु मलेखुमै रोकिने र हलुका सवारी साधन शितल बजारमा रोकिने जानकारी दिइएको छ । 

रोकिएका सबै सवारी साधनहरुलाइ बिहान ३ बजे पछि मात्र छोडिने र रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न अनुरोध गरिएको छ । साथै एम्बुलेन्स र सुरक्षानिकायका सवारीसाधनहरु भने निर्वाद रुपमा संचालन हुने बताइएको छ । 

सम्वन्धित समाचारहरु