प्युठान नगरपालिकाको सहयोगमा चक्रीबाङ्गमा बृहत् खानेपानी - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्युठान नगरपालिकाको सहयोगमा चक्रीबाङ्गमा बृहत् खानेपानी

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ५ गते २०८२

प्यूठान अनालईन न्युज डेक्स । जिल्लाको प्युठान नगरपालिका वडा न ३ को आर्थिक सहयोगमा प्युठान नगरपालिका वडा न ३ चक्रीबाङ्गमा बृहत् खानेपानीको सेवा क्षेत्र बिस्तार भएको छ । नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा खानेपानी योजना बिस्तार भएको हो ।

विहिवार नगर प्रबक्ता एवं प्युठान नगरपालिका वडा न ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले चक्रीबाङ्ग समुदायका बासिन्दाहरुको पानीको धारा खोली खानेपानी उद्घाटन गर्नुभयो । नगर क्षेत्र भित्रका सबै बासिन्दाहरुलाइ खानेपानीको आवश्यकता पूरा गर्ने नगरको योजना अनुरुप चक्रीबाङ्गका बासिन्दाको समस्यालाइ मध्यनजर गर्दै बजेट बिनियोजन गरिएको भन्दै प्रबक्ता श्रेष्ठले नगरका अन्य खानेपानी समस्या भएका बस्तिहरुमा प्राथमिकताका साथ योजना अघि बढाइ खानेपानी समस्या समाधान गर्ने नगरको योजना रहेको बताउनुभयो ।

घर घरमा खानेपानी आए पछि चक्रीबाङ्गका बासिन्दाहरु खुसी भएका छन् । खानेपानीको ब्यबस्था नहुदा चक्रीबाङ्गबासिले हाल सम्म जुम्री खोला तथा मेथिखोलाको मुलबाट बोकेर धमिलो पानी खान बाध्य भएका थिए ।

सम्वन्धित समाचारहरु