गाजामा इजरायली आक्रमणबाट १३० प्यालेस्टिनीको मृत्यु - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

गाजामा इजरायली आक्रमणबाट १३० प्यालेस्टिनीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

काठमाण्डौ, १० चैत ।  गाजा पट्टीमा गएको ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २ सय ६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७ सय ४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २ सय १३ पुगेको छ । जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम भङ्ग भएपछि इजरायलले मङ्गलबारबाट गाजामा पुनः आक्रमण सुरु गरेको छ ।

यसैबीच, इजरायलले लेबनानमा हवाई आक्रणम गरेको छ भने जवाफमा लेबनानले इजरायलमा रकेट प्रहार गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बच्चासहित सात जना मारिएको र ४० जना घाइते भएको जानकारी दिएको छ ।।

सम्वन्धित समाचारहरु