काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

काठमाडौँ महानगरको नगरसभा बस्दै, नीति तथा कार्यक्रम र बजेटमाथि छलफल हुने

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज नगरसभा बस्दैछ ।नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आज दिउँसो २ बजे नगरसभाको बैठक बोलाइएको हो । उक्त बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा तथा संशोधन हाल्ने कार्यसूचीमा रहेको छ । नगरसभा बैठकमा नीति तथा कार्यक्रम, बजेट, विनियोजन ऐन र आर्थिक ऐनमाथि विस्तृत छलफल र निर्णय समेत हुने बताइएको छ ।
यसअघि सोमबार बसेको बैठकमा मेयर बालेन शाहले चालु आर्थिक वर्ष २०८१र८२ को कार्यसम्पादन तथा समीक्षा प्रस्तुत गरेका थिए भने उनले आगामी आर्थिक वर्षका लागि १९ बुँदे प्रस्तावित नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए ।

त्यस्तै उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पेश गरेकी थिइन् ।उप प्रमुख डंगोलले २०८२र८३ का लागि बजेट तथा कार्यक्रम आर्थिक तथा विनियोजन विधेयक प्रस्ताव नगरसभामा पेश गरेकी थिइन् । उनले आगामी आर्थिक वर्षका लागि जम्मा रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटअनुसार रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र रु ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने अनुमान गरिएको छ ।

बजेट पेश गर्दै उपप्रमुख डंगोलले भनिन्( ुअगामी वर्षका लागि संचित कोषमा जम्मा हुने २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँमा काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात समेत गरी २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । साथै नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँको अनुदान सुनिश्चित भएको छ ।ु

प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् रु १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् रु ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् रु ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् रु ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् रु ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

सम्वन्धित समाचारहरु