देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु - Pyuthan Online
श्रावण १५ गते २०८२
ब्रेकिङ न्यूज
राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ राजनीति संरक्षणले मौलाएको गुन्डागर्दी हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’

देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ४ गते २०८२

दाङ, ४ साउन । देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर छेवैंमा पार्किङ गरिएको थियो । बिहान करिब साढे ५ बजे बानिया गएर गाडीको टायरमा लगाएको ओट हटाए लगत्तै गाडी भएको थियो । बानियाले गाडीलाई दुबै हातले रोक्न खोजे पनि नरोकिएपछि घरको भित्ता र गाडीको बिचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतक बानियाको आफ्नै गाडी रहेको प्रहरीले बताएको छ ।

सम्वन्धित समाचारहरु