सहकारी र रेडक्रस सुलिचौर उपशाखाद्वारा अग्नी पीडितलाई राहत सामग्री प्रदान - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सहकारी र रेडक्रस सुलिचौर उपशाखाद्वारा अग्नी पीडितलाई राहत सामग्री प्रदान

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

रोल्पा,१० चैत।चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुइनिबाङ र नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाको संयुक्त सहयोगमा अग्नीपीडित परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । सुनिलस्मृति गाउँपालिका ७ तेवाङ चिस्पाधाराका अग्नीपीडित हरी आलेको परिवारलाई शनिवार राहत सामग्री प्रदान गरिएको थियो।

केहिदिन अघि आगालागीमा परेर हरी आलेको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । प्रहरीका अनुसार उनको घरमा करिब १४ लाख बराबरको क्षति भएको छ । उक्त परिवारलाई सहकारीको तर्फबाट १५ हजार रुपैँया बराबरको भाडाकुडा, खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । त्यस्तै रेडक्रस सुलिचौर उपशाखाको तर्फबाट उक्त परिवारलाई ५ हजार रुपैँया बराबरको सामग्री प्रदान गरिएको थियो । सोहि अवसरमा रुइनिबाङ स्थित जलजला हार्डवेयर तथा प्लाष्टिक पसलको तर्फबाट ३ हजार रुपैँया बराबरको भाडाकुँडा समेत प्रदान गरिएको थियो ।

राहत सामग्री प्रदान गर्ने क्रममा सुनिलस्मृति गाउँपालिका ७ का वडाध्यक्ष रेशम शर्मा, विभिन्न स्थानीय राजनैतिक दलका प्रमुख प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।वडा अध्यक्ष रेशम शर्माले सबैसँग सहयोग र सहकार्यबाट अग्नीपिडित परिवारको घर पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले घरको पुनःनिर्माणको लागि अभियान सञ्चालन गरी सहयोग संकलन गरिने बताउनुभयो।

सहकारीका अध्यक्ष दिपेश विष्टले पछिल्लो समयमा आगलागीको जोखिम बढ्दै गएकाले आगो बाल्ने सामग्रीहरु बालबालिकाको पहुँच बाहिर राख्न सुझाब दिनुभयो। घरको पुनःनिर्माणको लागि स्थानीयको साथ र सहयोग अपरिहार्य भएको उहाँले बताउनुभयो