प्यूठानमा पुन कोभिड खोप लगाइदै - Pyuthan Online
असाेज १९ गते २०८२

प्यूठानमा पुन कोभिड खोप लगाइदै

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान। प्यूठान जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको छ । यहि साउन २७ गतेदेखि २९ गतेसम्म जिल्लाभर १२ वर्ष उमेरदेखी माथिका व्यक्तिलाई कोभिड खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले १८ हजार डोज फाइजर खोप लगाउने लक्ष्य सहित तयारी भएको र खोप पनि आईसकेको समेत जानकारी दिनुभयो ।

एउटा मात्रा पनि खोप नलगाएका देखि बुस्टर डोज खोप लगाएकासम्मलाई प्राथमिकीकरण गरि खोप दिइने प्रत्येक पालिकाहरुले तोकेको ठाउँबाट खोप लागाउन योजना भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा कुल दुई लाख ३० हजार ३३५ जनसंख्यामध्ये दुई लाख ११ हजार ८२२ जना ५ वर्षभन्दा माथीको उमेरको जनसंख्या रहेको कार्यालयको तथ्यांक छ । जसमध्ये दुई लाख ८ हजार ६८८ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । दोस्रो मात्रा एक लाख ९८ हजार १३ जना, पहिलो बुस्टर एक लाख २९ हजार ८१२ र थप बुस्टर ५७ हजार ४२१ जनाले लगाएको कार्यालयको तथ्यांक छ । जिल्लामा जम्मा पाँच लाख ९३ हजार ९३४ डोज खोप लगाइको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।