यी प्रदेशमा भारी वर्षाको सम्भावना - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २७ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको जानकारी दिएको छ ।
हाल देशभर पुर्णतया बदली रहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू(भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भाग साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको भू–भागको एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभर मनसुनको प्रभाव रहिरहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

सम्वन्धित समाचारहरु