२१ जिल्लामा आज बाढीको मध्यम जोखिम - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

२१ जिल्लामा आज बाढीको मध्यम जोखिम

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३० गते २०८२

काठमाण्डौ – आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको खतरा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालीकोट, बाजुरा, डोल्पा, मुगु, हुम्ला, दार्चुलामा बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसैबीच मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।

दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही ठाउँ र तराईका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यस्तै राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।