खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

  शनिबार, चैत ०८, २०८१

प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका-५, खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण गरिएको छ।
वडा कार्यालयको पहलमा सञ्चालन भएको जनश्रमदान अभियान अन्तर्गत खुङ र गुल्मीको मदाने सिमाना (बथान बिसौना) सम्म करिब १ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको हो। उक्त अभियान ३१ सदस्यीय समितिमार्फत सञ्चालन गरिएको थियो, जसको संयोजक निराजन विक्रम मल्ल रहेका छन्।


संयोजक मल्लका अनुसार श्रमदान अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ। वडा अध्यक्ष बरुणध्वज मल्लका अनुसार यो बाटो अत्यन्तै दुर्गम र कठिन छ। केही समयअघि गुल्मीका एक व्यक्तिको लडेर मृत्यु भएपछि बाटो सुधारको आवश्यकता झन् महसुस भएको थियो।
उनका अनुसार जनश्रमदान अभियान अन्तर्गत सार्वजनिक स्थलहरू (मन्दिर, विद्यालय, कुवा, शौचालय) को सफाइ, बाटो मर्मत तथा विपन्न परिवारका घर मर्मतजस्ता कार्यहरू पनि गरिएको छ। उनले भने, “प्रत्येक हप्ता फरक स्थानमा फरक काम गरिन्छ।”


शनिबार बिहान ७ बजेदेखि सञ्चालन भएको अभियानमा गुल्मी मदाने-१ अग्लुङ र गौमुखी-५ खुङका युवा, शिक्षक, समाजसेवी लगायत स्वयंसेवीको सक्रिय सहभागिता रहेको थियो।
वडाले विगत तीन वर्षदेखि प्रत्येक शनिबार श्रम शिविर सञ्चालन गर्दै आएको छ। वडा कार्यालयका अनुसार हालसम्म ११५ पटक श्रमदान अभियान सञ्चालन भइसकेको छ, जसमा करिब ५ हजार जनशक्ति परिचालित भएका छन्।

सम्वन्धित समाचारहरु