झिमरुक गाउँपालिका २ का वडाअध्यक्ष पोख्रेलद्वारा वडावासीको विद्युत महशुल तिरिदिने - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

झिमरुक गाउँपालिका २ का वडाअध्यक्ष पोख्रेलद्वारा वडावासीको विद्युत महशुल तिरिदिने

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ५ गते २०८२

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका २ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडाबासीको न्यूनतम विद्युत महशुल आफूले तिरिदिने घोषणा गर्नुभएको छ। वडा अध्यक्ष पोख्रेलले आफ्नो जन्मदिनको अवसर परेर आफ्नो स्वर्गिय आमा डिलकुमारी पोख्रेल (शान्ता) को सम्झनामा उहाँले आफूले बुझ्ने सेवा सुविधाबाट न्युनतम विद्युत महशुल भूक्तानी गर्ने घोषणा गर्नुभएको हो ।

‘यो सानो प्रयास स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना र समाजप्रतिको कर्तव्यबोधबाट प्रेरित हो’,पोख्रेलले भन्नुभयो,‘यसबाट वडाबासीहरुले न्यूनतम शुल्क बुझाउन सयौँ खर्च र झन्झट बेहोर्नु नपर्ने भएकाले, साधारण जीवनमा सानो भए पनि राहत मिल्ने विश्वास लिएको छु ।’

योजनाबाट झिमरुक गाउँपालिका २ का कुल ७ सय ८ घरधुरी प्रत्यक्ष लाभांवित हुने भएका छन । स्थानीयको न्युनतम विद्युत महसुल वाफत वार्षिक करिव २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो खर्च भने पालिकाबाट मासिक आउने आफ्नो सेवा सुबिधाबाट उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । पोख्रेलको आमा कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो ।

सम्वन्धित समाचारहरु