महोत्तरीमा १८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

महोत्तरीमा १८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ५ गते २०८२

महोत्तरी ः गौशाला बजारबाट प्रहरीले १८ लाखभन्दा बढी रकम बराबरको अवैध रेडिमेट कपडासहित एकजना भारतीय नागरिक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले विशेष सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको रेडिमेट कपडाहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गौशाला नगरपालिका(५ गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिई बस्दै आएका भारतको पश्चिम बंगाल प्रान्त, कोलकताका ३६ वर्षीय मनोज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छली गरी संकलन गरिएका ती लत्ता कपडाहरू नियन्त्रणमा लिएको हो।

त्यस्तै सोही स्थानबाट एक थान हरिणको सुकेको छाला ९आखेटोपाहार०समेत फेला परेको थियो। बरामद भएका ती भन्सार छलीका लत्ता कपडाहरू उपर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ।

सम्वन्धित समाचारहरु