मकवानपुरमा सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

मकवानपुरमा सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए । पीडित महिलाका अनुसार, अभियुक्तले उनका श्रीमान्लाई खाबोमा बाँधेर बलात्कार गरेका थिए ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त टोलीले आइतबार साँझ थिङलाई पक्राउ गरेको हो । पीडित महिलालाई हाल हेटौँडास्थित हिंसा पीडित महिलाका लागि रहेको सुरक्षित आवास गृहमा राखिएको छ ।