आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो - Pyuthan Online
असाेज १९ गते २०८२

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १९ गते २०८२

काठमाण्डौ – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको एक सय ११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा एक रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले नौ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । ओमानलाई हराउन सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । आईसीसी टी–ट्वान्टी विश्वकपको एशिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा छ ।

नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर ६ मा छनोट हुनेछ । सुपर ६ को शीर्ष तीन टिमले अर्को वर्ष हुने टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।