न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज ३० गते २०८२

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका छन ।

त्यस्तै फर्ममा रहेका दुई वटा भैँसी मध्ये एक भैँसी जलेर घाईते भएको ईलका प्रहरी कार्यालय भिगृले जानकारी दिएको छ । यो फर्म स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटामा बसोबास गर्ने गिरु प्रसाद भुषालको रहेको छ । घाईते भएका चौधरी भुषालका ज्वाई रहेका छन । प्रहरीका अनुसार आगलागीमा चारलाखको क्षति भएको र मुजुल्का पनि उठाएको बताएको छ ।

यो घटना दिउँसो करिब १ः४५ बजे घटेको हो । भुषालको केही दिन अगाडि पनि एक भैँसी मरेको थियो ।

सम्वन्धित समाचारहरु