न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज ३० गते २०८२

प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका छन ।

त्यस्तै फर्ममा रहेका दुई वटा भैँसी मध्ये एक भैँसी जलेर घाईते भएको ईलका प्रहरी कार्यालय भिगृले जानकारी दिएको छ । यो फर्म स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटामा बसोबास गर्ने गिरु प्रसाद भुषालको रहेको छ । घाईते भएका चौधरी भुषालका ज्वाई रहेका छन । प्रहरीका अनुसार आगलागीमा चारलाखको क्षति भएको र मुजुल्का पनि उठाएको बताएको छ ।

यो घटना दिउँसो करिब १ः४५ बजे घटेको हो । भुषालको केही दिन अगाडि पनि एक भैँसी मरेको थियो ।

सम्वन्धित समाचारहरु