हिमाली क्षेत्रमा हिमपात हुदा जनजीवन प्रभावित - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

हिमाली क्षेत्रमा हिमपात हुदा जनजीवन प्रभावित

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ११ गते २०८२

काठमाण्डौँ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि हिमपात भएपछि किसानलाई खेतीपातीका लागि लाभ मिलेको छ ।

यस्तै वारागुङ मुक्तिक्षेत्रका खिङ्गा, झोङ, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । हिउँले जमिनको भित्री तह सिँचाइ हुने भएकाले किसानहरू खुशी भएका छन । हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्डमा जोखिम बढेपछि स्थानीय प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुन, सामागाउँ, साम्दो, स्याला, ल्होलगायत गाउँमा पनि गएरातिदेखि निरन्तर हिमपात भइरहेको छ । हिउँ परेपछि स्थानीयहरू घरभित्रै बसेका छन् ।।

सम्वन्धित समाचारहरु