प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दै - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्न लाग्नुभएको छ । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लाग्नुभएको हो । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु हुनेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको हो ।

निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको उहाँको भनाई छ । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल भएको थियो । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ ।।

सम्वन्धित समाचारहरु