आज दिउँसो मौसम खुलेपनि वर्षा र हिमपातको सम्भावना - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज दिउँसो मौसम खुलेपनि वर्षा र हिमपातको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स ।अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा तथा बाँकी पहाडी तथा हिमाली भागका एकदुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने अनुमान छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । त्यस्तै भोलिदेखि शनिवार बिहानसम्म बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असर नेपालमा देखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरेको छ । किसानलाई धान तथा अन्यबाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।।