प्यूठान अनलाईन न्यूज डेक्स ।अहिले देशभर मौसम बदली रहेको छ । आज दिउँसोपख मौसम सामान्य खुलेपनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका केही ठाउँमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका थोरै ठाउँमा तथा बाँकी पहाडी तथा हिमाली भागका एकदुई ठाउँमा हल्का वर्षासहित हिमपात भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम साधरणतया बदली रही तराई भागमा आंशिक बदली रहने अनुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । त्यस्तै भोलिदेखि शनिवार बिहानसम्म बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असर नेपालमा देखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरेको छ । किसानलाई धान तथा अन्यबाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन भनिएको छ ।।