आज विश्व पक्षाघात दिवस स् सक्रिय जीवन पद्धति अँगाल्न डाक्टरको सल्लाह - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज विश्व पक्षाघात दिवस स् सक्रिय जीवन पद्धति अँगाल्न डाक्टरको सल्लाह

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १२ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ ।

मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएर रक्त धमनीमा रगत जम्मा भई अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँदा पक्षाघात हुने डाक्टरहरु बताउँछन् । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज चेतनामूलक कार्यक्रम हुँदैछन् । विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुने तथ्यांक छ । साथै पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरुको जोड छ ।

नेपाल पक्षघात सङ्घका अध्यक्ष डा। राजु पौडेलका अनुसार नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिन आवश्यक छ । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको ज्यान जाने गरेको तथ्याङ्क छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा। पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन आग्रह गरिएको छ ।

सम्वन्धित समाचारहरु