डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १५ गते २०८२

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटेको हो ।

त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ । नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १४१ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ४३ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ४४ रूपैयाँ पर्नेछ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २८ रूपैयाँ कायम भएको छ ।