नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच सात बुँदे सहमति - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच सात बुँदे सहमति

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ुमातृभूमि जागरण अभियान, नेपालु बीच आज पेरिसडँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ ।
बुधवार सात बुँदे सहमतिपछि आजै राष्ट्रिय सभा गृहमा घोषणा सभा समेत योजना हुदैछ । पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने र सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने लगायतका सात बुँदे सहमति गरिएको छ ।
नेपाली जनताको आकांक्षा तथा देशको आवश्यकता अनुरुप शासन प्रणाली, अर्थव्यवस्था, संस्कृति तथा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउन विभिन्न समयमा शान्तिपूर्ण र संशस्त्र संघर्ष र जनआन्दोलन भए । यसबाट महत्वपूर्ण उपलब्धिहरु पनि हासिल भए । यही क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तर अहिले देश अत्यन्त विषम परिस्थिति र जटिल समस्याहरुको सामना गरिरहेको छ । राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती छ । देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक(सामाजिक रुपान्तरणको अभिभारा छ । यही यथार्थलाई मनन गर्दै नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालका बीच देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण गर्न निम्नलिखित सहमतिका साथ संगठनात्मक एकीकरणमा सहमत भएका छौंः

१ – नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

२–समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

३–आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

४–नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा। भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

५–पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

६ –पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

७ पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।