एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ६ गते २०८२

काठमाण्डौँ । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटाएको हो । कर्णालीका मार्क वाटले शतक बनाउनुभयो । उहाँले ४४ बलमा अविजित १ सय १४ रन बनाउनुभयो ।

यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाउनुभयो । लुम्बिनीका शेर मल्लले १ विकेट लिनुभयो । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।।