कांग्रेसमा १५औं महाधिवेशनको मिति टुंगो लाग्यो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

कांग्रेसमा १५औं महाधिवेशनको मिति टुंगो लाग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १६ गते २०८२

काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस को १५औं महाधिवेशनको मिति टुंगो लागेको छ । डेढ महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मितिका विषयमा नेताहरू आ–आफ्नै अडानमा अडिग भएपछि टुंगो लाग्न सकेको थिएन । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी २६ देखि २८ पुसमा १५औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

गत २८ असोजदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बीचमा रोक्दै निरन्तर चलिरहेको थियो । कांग्रेसले गाउँ–नगर वडा अधिवेशन १६ पुसमा, गाउँ–नगरपालिका अधिवेशन १७ पुसमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुसमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुसमा गर्ने भएको छ ।

दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुसमा र प्रदेश अधिवेशन २३ र २४ पुसमा गर्ने कार्यतालिका रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । विभिन्न तहको अधिवेशन सम्पन्न भएपछि १५औं केन्द्रीय अधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिनेलगायतका कार्य सभापति देउवा र कार्यवाहक सभापति खड्काले आवश्यक परामर्श गर्दै गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि कि पछि भन्ने विवाद कांग्रेस भित्र थियो ।

संस्थापन पक्ष निर्वाचनपछि र संस्थापनइतर पक्ष निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा थियो । निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्नुपर्ने अर्को प्रस्ताव संस्थापनइतरका नेताहरूको रहेको थियो । यही विवादका बीचमा संस्थापन पक्ष चचिलो भएपछि महाधिवेशन निर्वाचनअघि नै गर्ने विषयमा सहमति जुटेको हो ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । जेनजी आन्दोलनमा कुटिएका देउवा उपचारपछि नेपाल फर्किए पनि पार्टी बैठकमा सहभागी भएनन् । उनले कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई पार्टीमा देखिएको विवाद समाधान गर्न आग्रह गर्दै आएका थिए ।

देउवासँग भेटघाट गर्ने नेतालाई ‘तपाईंहरू नै विवाद समाधान गर्नुस्’ भन्दै आएका देउवा अन्ततः आफैं सक्रिय हुँदै महाधिवेशन मिति टुंगो लगाएका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले १६ देखि १९ पुसमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले २७ देखि ३० वैशाख २०८३ मा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे । यादवको प्रस्तावमा संस्थापन पक्षका नेताहरूको समर्थन थियो भने थापाको प्रस्तावमा संस्थापनइतरका नेताहरूको समर्थन रहेको थियो ।

नेताहरूले यही प्रस्तावमा धारणा राख्दै निर्वाचनअघि र निर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा अडान व्यक्त गर्दै आएका थिए । अर्कोतर्फ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गर्दै आएका थिए । नियमित महाधिवेशन गर्न नसके विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने बाध्यताका कारण संस्थापन पक्षबीचको प्रस्ताव गर्दै नियमित महाधिवेशन निर्वाचनअघि नै गर्न सहमत भएको हो ।

बैठकले महाधिवेशनअघि पूरा गर्नुपर्ने सबै तयारी तथा प्रक्रियासम्बन्धी कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिकामा अधिवेशनको पूर्वतयारी, आवश्यक संगठनात्मक प्रक्रिया, व्यवस्थापन तथा अन्य प्राविधिक कामहरू समेटिएका छन् ।