निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने

सन्तोष सुनार
सन्तोष सुनार
पौष ३० गते २०८२

प्यूठान । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को निर्वाचन प्रहरी भर्नाका लागी ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानबाट ईच्छुक नागरिकहरुले आवदेन फारम भर्न सकिने प्रहरी निरिक्षक सुदनबाबु विश्वकर्माले जानकारी दिनुभयो । भर्ना हुनका लागी नागरिक १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको ( जन्म मिति २०२८–१०–१ देखी २०६४–१०–१० सम्म) नेपाली नागरिक हुनु पर्ने , कुनै पतन देखी फौजदारी अभियोग कसुरदार नठहरीएको कुनै राजनैतिक दलको सदस्य नरहेको शारिरीक तथा मानशिक रुपले तन्दुरुस्त रहेको आतंकारी संगठनको सदस्य नरहेको हुनुपर्ने प्रहरी निरिक्षक विश्वकर्माले बताउनुभयो ।

शैक्षिक योग्यता भने साधारण लेखपढ गर्ने सक्ने , पुरुषको उचाई घटिमा ५ फिट , छाती ३१–३३ इन्च , तौल ५० केजी र महिलाको हकमा घटिमा उचाई ४ फिट १० इन्च, तौल ४२ केजी भएको गर्भवती नभएको तथा नरहेको हुनुपर्नेछ । छिमेकी जिल्लाका नजिकको स्थानमा रहेका समेतले भिगृबाट दरखास्त दिन सक्ने तर छनौटका लागी जिल्ला प्रहरी कार्यालय खलङ्गा जानुपर्नेछ । आवेदनको लागी नागरिकता, ४ वटा फोटा चाहिने छ । पुर्व सुरक्षाकर्मि तथा म्यादी प्रहरीको प्रमाणपत्र भएकालाई विशेष प्रथामिकता दिईन समेत जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । यस स्वर्गद्वारी नगरपालिकाकाबासीहरु हुनुहुन्छ भने भोली माघ १ गते सम्म मात्र म्याद रहेको हुदा आवश्यक कागजात सहित ईलाका प्रहरी कार्यालय भिगृ प्यूठानमा गई आवेदन दिन स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले आग्रह गर्नुभएको छ। केही आवश्यक कागजात समस्या भएमा सम्बन्धित वडा कार्यालय तथा नगरपालिकामा खबर गर्न समेत नगरप्रमुख भण्डारी बताउनुभएको छ ।प्यूठान जिल्लाको ईलाका प्रहरी कार्यलय बाहने , विजुबार , सशस्त्र प्रहरी बल नेपाल गुल्म हे .क्वा., चेक प्वाईन्ट रातामाटा समेत फर्म भर्न सकिने छ ।

आवेदन फर्म विहान १० बजे देखी ४ बजेसम्म भर्न सकिने छ । प्यूठानमा जिल्लामा निर्वाचन प्रहरी १ हजार ३५ पैतीस जना माग गरिएको छ भने नेपालमा १ लाख ३३ हजार ९८० जना माग गरिएको छ । थप जानकारीको लागी प्रहरी निरिक्षक सुजन बाबु बिश्वकर्मालाई ९८५७८३३४१७ सम्पर्क गर्न सक्नुहुने छ ।

सम्वन्धित समाचारहरु