वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

वीरगञ्जमा अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २६ गते २०८२

काठमाण्डौ – पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आज बिहान गोदाममा छापा मारेर भण्डार गरी राखेको सात लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

कपडा बरामदपछि तस्कर समूहले आक्रमण गरेका सशस्त्र सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । तस्कर समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा जीपमा क्षति पुगेको छ ।

सम्वन्धित समाचारहरु