हावाहुरीले टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

हावाहुरीले टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

धनकुटा — धनकुटाको छथर जोरपाटी–६ सिधुवा क्षेत्रमा हावाहुरीले तरकारी खेती गरेको टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति पुगेको छ। हावाहुरीले पौडेल कृषि फर्म र सिंहदेवी एग्रो फर्ममा सबैभन्दा धेरै क्षति पुगेको छ । सिंहदेवी एग्रो फर्मका सञ्चालक मेघबहादुर खड्काको १६ लाख र पौडेल कृषि फर्मका खगेन्द्र पौडेलको ८ लाखभन्दा बढीको तरकारी खेतीमा क्षति पुगेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए ।
टनेलभित्र गरेको तरकारी खेती मात्रै २४ लाखभन्दा बढीको क्षति देखिन्छ,’ उनले भने । किसानले ऋण अनुदानमा टनेल खरिद गरेर तरकारी खेती गर्दै आएका छन् । स्थानीय ईश्वरप्रसाद ओझाको घर तथा बालीमा समेत क्षति पुगेको छ । उनको ४ लाखभन्दा बढीको क्षति पुगेको अनुमान छ ।

त्यस क्षेत्रका सरकारी विद्यालय तथा अन्य व्यक्तिगत आवासमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । सिधुवा बेमौसमी तरकारीको पकेट क्षेत्र समेत हो । त्यस क्षेत्रमा क्षतिको थप विवरण संकलन जारी रहेको प्रहरीको भनाइ छ ।

सम्वन्धित समाचारहरु