आजदेखि अण्डाको भाउ बढ्यो - Pyuthan Online
वैशाख १ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आजदेखि अण्डाको भाउ बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८३

काठमाण्डौ । लेयर्स कुखुरा पालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।संघका अनुसार अण्डाको उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट अर्थात ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री भइरहेको थियो ।

यस्तै मझौला अण्डाको फार्म मूल्य ४०० बाट बढेर ४१५ रुपैयाँ कायम भएको छ ।गएको मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यस बेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ र मझौलाको ५५० रुपैयाँ थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यादेखिनै भएको पर्यटकीय चहलपहल र गतिविधि बढेका कारण अण्डाको माग बढेको छ । सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।

सम्वन्धित समाचारहरु