अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने - Pyuthan Online
असार १४ गते २०८३
ब्रेकिङ न्यूज
ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित विश्वकप २०२६ नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा रास्वपाको महिला उपसभापतिमा गौतम र कार्कीबीच प्रतिस्पर्धा हुदै, कसले मार्ला बाजी

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८३

काठमाण्डौ — अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक – दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।

यस्तै भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक– दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मंगलवार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकोले बाढी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाइँ गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाइँका लागि आवश्यक वर्षा हुने मौसमविद्को अनुमान छ ।

मंगलवारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ । अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसुन अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।