आईपीएल क्रिकेटमा चेन्नई र हैदराबादकाे विजयी शुरुआत - Pyuthan Online
वैशाख ६ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

आईपीएल  क्रिकेटमा चेन्नई र हैदराबादकाे विजयी शुरुआत

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १० गते २०८१

प्यूठान अनलाईन न्युज डेक्स । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

मुम्बईका तिलक बर्माले सर्वाधिक ३१ रन बनाए । चेन्नईका नूर अहमदले चार विकेट लिए । यस्तै खालिद मोहम्मदले तीन विकेट लिए । जीतसँगै चेन्नइले दुई अङ्क जोडेको छ । मुम्बइले भने हारबाट लिगको शुरुआत गरेको छ ।

यस्तै हिजोको पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो । राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो । हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो ।

सम्वन्धित समाचारहरु