सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु - Pyuthan Online
असार १५ गते २०८२

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा गएका एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उहाँ ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्पलन गई लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो । तत्कालै उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

सम्वन्धित समाचारहरु