प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

चैत १६ गते, शनिवार ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो ।

पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए ।

त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिस ४३ ओभरमा एक सय ५४ रनमा अलआउट भयो । आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । पुलिसका करन केसी र सागर ढकालले समान तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए ।

आजको जीतसँगै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले तीन पटक र आर्मीले एकपटक उपाधि जितेको छ । गएको फागुन २५ देखि शुरु भएको प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलोपटक काठमाण्डौ उपत्यकाबाहिर लुम्बिनी प्रदेशमा आयोजना भएको हो ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरी १० टोली वटा सहभागी थिए । रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदान, रुपन्देहीकै एक्स्ट्राटेक ओभल र दाङको देउखुरीमा खेल भएका हुन् । फाइनलअघि ४५ वटा खेल भएका छन् ।

सम्वन्धित समाचारहरु