माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई निःशुल्क आवासीय सहित शिक्षा - Pyuthan Online
श्रावण ७ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई निःशुल्क आवासीय सहित शिक्षा

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २५ गते २०८१

प्यूठान — जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ।
गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । उक्त कार्य नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र बनाई आगामी शैक्षिक सत्र २०८२ देखि कार्यक्रम लागू गरिने वडा अध्यक्ष कार्कीले प्यूठान आलाईनलाई बताए ।

उनले भने “सामाजिक न्याय र शैक्षिक पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सुरु गर्न लागिएको हो,अब यो विद्यालय सुविधाविहीन बालबालिकाका लागि आशाको केन्द्र बन्नेछ।” छनोट प्रक्रिया र अन्य विवरण चाँडै सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ।

सम्वन्धित समाचारहरु