मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न - Pyuthan Online
मंसिर १५ गते २०८२

मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २ गते २०८२

बैशाख २ गते ,प्यूठान । प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव मङ्गलबार सम्पन्न भएको छ। पहिलो दिन पानी परेको कारण केही प्रभावित भए पनि दोस्रो र तेस्रोदिन कार्यक्रममा जनमानस उल्लेखनीय सहभागिता रहेको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए ।

मल्लरानीको सकारात्मक प्रचारप्रसार भएको, स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादन बस्तुको बजारीकरण र प्रबर्द्धन भएको समेत श्रेष्ठले बताए । महोत्सवको दोस्रो र तेस्रो दिन कलाकार प्रचण्ड जिसी, नारायणी खत्री, बबिता गुरुङ र रितु थापाको प्रस्तुति रहेको थियो ।त्यस्तै तेस्रोदिन सन्दिप न्यौपाने र सम्झना रणपालको प्रस्तुति रहेको थियो भने स्थानीय कलाकार तथा नृत्य प्रस्तुत भएको हो।महोत्सवमा बिभिन्न सरकारी, गैर सरकारी, निजी क्षेत्रले सहयोग गरेका हुन । महोत्सवको अवसरमा बिशेष छुटमा जिपलाईन समेत संचालन गरिएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा विशेष अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी को सहभागीता थियो । कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको हो। ३ दिन सम्म संचालित महोत्सवमा करिब ५० लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ।कार्यक्रमलाई मल्लरानीमा नयाँवर्षको अवसरमा निरंतरता दिइएको छ।

सम्वन्धित समाचारहरु